Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु


    बुधबार, भाद्र १८ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

    पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेका बेला बालिकालाई ठक्कर दिएको थियो ।

    माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले बतायो ।

    घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार