Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नारायणकाजी श्रेष्ठ भन्छन् – केपी ओलीले पदकै लागि संविधान र लोकतन्त्र खान खोजे


    बिहिबार, माघ २२ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले पदकै लागि संविधान र लोकतन्त्र खान खोजेको आरोप लगाएका छन् ।

    नेकपा प्रचण्ड–नेपाल  समूहले बिहीबार आह्वान गरेको आम हड्तालको रत्नपार्कमा नेतृत्व गरिरहेका श्रेष्ठले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ओलीले पदकै लागि संविधान र लोकतन्त्रलाई सिध्याउन खाेजेकाे आरोप लगाए ।

    ‘हामी संविधान, लोकतन्त्र र विधिलाई बचाउनका लागि सडकमा आएका हौँ। पदका लागि होइन।’ उनले भने, केपी ओलीले प्रधानमन्त्री पदका लागि प्रतिगमन लाद्न खोज्ने । संविधान र लोकतन्त्र नै खान खोजेपछि संघर्षमा उत्रिएका हौँ।’ ओली संविधान कानुन नमानेर जंगली राज र निरङ्कुशताको बाटोमा लागेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार