हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय सरकारले औद्योगिक र सामाजिक रुपान्तरणका ठूला योजना अघि सारेको छ।
उपमहानगर प्रमुख मिना कुमारी लामाले ऐतिहासिक हेटौँडा कपडा उद्योग पुनः सञ्चालन, काठमाडौं–हेटौँडा रोपवे पुनर्जीवन, पाँच वर्षे शिक्षा रणनीति र तेस्रो सन्तान प्रोत्साहन नीति प्राथमिकतामा रहेको बताएकी छन्।
तीन वर्षअघि निर्वाचित भएकी लामाले आधा कार्यकाल सक्दा संघीय कानुनी अवरोध, बढ्दो बसाइँसराइ र स्रोतको सीमितता मुख्य चुनौती रहेको स्वीकार गरेकी छन्। तर उनले हेटौँडालाई राजधानी मात्र नभई आत्मनिर्भर औद्योगिक शहर बनाउने प्रतिबद्धता जनाएकी छन्।
बन्द भएको हेटौँडा कपडा उद्योग पुनर्जीवनका लागि संघीय उद्योग मन्त्रालयसँग छलफल भइरहेको लामाले जानकारी दिइन्। हजारौँ रोजगारी सृजना गर्न सक्ने यो उद्योगलाई पुनः सञ्चालन गर्न कानुनी व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।
त्यस्तै, नेपालको पहिलो रोपवेका रूपमा चिनिने काठमाडौं–हेटौँडा रोपवेलाई पनि आधुनिक प्रविधि प्रयोग गरी पुनः सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको उनले बताएकी छन् ।
उपमहानगरले पाँच वर्षे शिक्षा रणनीति लागू गर्दै मेगा विद्यालय अवधारणा ल्याएको उनले जानकारी दिईन् । गुणस्तरीय शिक्षक, यातायात सुविधा र प्रविधिमैत्री शिक्षा यस योजनाका मूल आधार हुन्।
हेटौँडा चार वटा राष्ट्रिय राजमार्ग जोडिएको शहर भएकाले बसाइँसराइ बढ्दो छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र आवासमा दबाब चर्किंदै गएको अवस्थामा उपमहानगरले संघीय र प्रदेश सरकारसँग साझेदारीमा काम अगाडि बढाइरहेको लामाको भनाइ छ।
लामाले तीन वर्षमा स्थानीय राजस्वबाट कृषि प्रवर्द्धन, किसानलाई मलदेखि पुँजीसम्म सहयोग, ड्र्यागन फल, मेवा, केरा जस्ता उत्पादनको निर्यात वृद्धि र आठ हजार घरपरिवारलाई निःशुल्क पानी वितरणलगायत उपलब्धि उल्लेख गरिन्। प्रमुख मिना कुमारी लामासँग सोधिएका १० प्रश्न र तिनका जवाफको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend