Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना


    बुधबार, भाद्र १८ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् ।

    एक्कासी छाती दुख्ने समस्या भएपछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरिएको हो । अध्यक्ष श्रेष्ठ लामो समयदेखि मुटुको बिरामी हुन् । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो ।

    स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको छ । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको प्रदेश सांसद कैलाश चौधरीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार