Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड-नेपाल समूहका कार्यकर्तालाई तर्साउन सेनाको बख्तरबन्द गाडी सडकमा प्रदर्शन


    बिहिबार, माघ २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा प्रचण्ड-नेपाल समूहको आमहड्ताल जारी रहदाँ चितवनमा नेपाली सेनाले बख्तरबन्द गाडी प्रदर्शन गरेकाे छ। बख्तरबन्द गाडीले भरतपुर नगरपक्रिममा गरेको हाे ।

    भरतपुर ब्याकेरदेखि सुरु सेनाको बख्तरबन्द गाडीले साईरन बजाउदै सडकमा आउदाँ अधिकांश व्यक्ति चकित परेका थिए ।सेनाले नियमित अभ्यास अन्तर्गत नै बख्तरबन्द गाडी प्रदर्शन गरिएको जनाएको छ ।

    प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा यसरी अचानक सडक आन्दोलन र बन्द रहेको वेला बख्तरबन्द गाडी निस्किदा अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको दाहाल–नेपाल समूहकाे भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार