काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ८९ अंकले घटेर दुई हजार ७४१ दशमलव ९७ विन्दुमा कायम भएको छ ।
आज तीन सय २३ कम्पनीको एक करोड पाँच लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ बराबरको कारोबार भएको छ ।
आज सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ शून्य दशमलव ४९, विकास बैंक शून्य दशमलव ३९, वित्त शून्य दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ५२, जलविद्युत् शून्य दशमलव ९६, लगानी शून्य दशमलव ७६ र जीवन बीमा समूह शून्य दशमलव ३० प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन शून्य दशमलव ८०, लघुवित्त शून्य दशमलव ९७, म्युचअल फन्ड शून्य दशमलव २८, निर्जीवन बीमा शून्य दशमलव ७०, व्यापार एक दशमलव ९७ र अन्य समूह शून्य दशमलव ५३ प्रतिशतले घटेको छ ।
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २२ करोड ७० लाख ४५ हजार ८१४ बराबरको कारोबार भएको छ । यसैगरी, कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको पाँच लाख ६१ हजार ५१४ कित्ता सेयर किनबेच भएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend