काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ८९ अंकले घटेर दुई हजार ७४१ दशमलव ९७ विन्दुमा कायम भएको छ ।
आज तीन सय २३ कम्पनीको एक करोड पाँच लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ बराबरको कारोबार भएको छ ।
आज सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ शून्य दशमलव ४९, विकास बैंक शून्य दशमलव ३९, वित्त शून्य दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ५२, जलविद्युत् शून्य दशमलव ९६, लगानी शून्य दशमलव ७६ र जीवन बीमा समूह शून्य दशमलव ३० प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन शून्य दशमलव ८०, लघुवित्त शून्य दशमलव ९७, म्युचअल फन्ड शून्य दशमलव २८, निर्जीवन बीमा शून्य दशमलव ७०, व्यापार एक दशमलव ९७ र अन्य समूह शून्य दशमलव ५३ प्रतिशतले घटेको छ ।
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २२ करोड ७० लाख ४५ हजार ८१४ बराबरको कारोबार भएको छ । यसैगरी, कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको पाँच लाख ६१ हजार ५१४ कित्ता सेयर किनबेच भएको छ ।
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend