Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिरहामा आमा-छोरा मृत फेला, ९ महिने शिशु सिकिस्त


    मंगलबार, भाद्र १७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् ।

    लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन् ।

    नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीले आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार