Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड-नेपाल समूहको आमहड्तालप्रति पूर्व राजा ज्ञानेन्द्र शाहको आक्रोश


    बिहिबार, माघ २२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नेकपा (प्रचण्ड–नेपाल) समूहले गरेको आमहड्तालप्रति आक्रोश ब्यक्त गरेका छन्।

    सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै पूर्व राजाले नेकपाको एक समूहले गरेको हड्तालप्रति आक्रामक हुँदै जनतालाइ दु:ख दिने काम गरेकाे उल्लेख गरेका छन्।

    ‘जनताको दैनिकीमा ध्यान नदिइ आफ्नो राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छ,’ पूर्व राजाले लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ, न कि बन्द, हड्ताल वा जनविरोधी कृयाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सैह्य हुन्न।’

    राजतन्त्र फर्काउने प्रदर्शन हुँदासमेत नदेखिएका पूर्व राजा हड्ताल विरुद्ध भने कडा रुपमा प्रस्तुत भएका छन्।

    gyanendra.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार