Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध मुद्दा दर्ता


    मंगलबार, भाद्र १७ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले आज महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

    एक जना महिaलालाई उनले सामाजिक सञ्जालमा लाइभ आएर चरित्रहत्या गरेको आरोप महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।

    महर भदौ ११ गते प्रहरी समक्ष हाजिर भएर सरकारी वकिलको कार्यालय काठमाडौंमा त्यही दिन बयान दिएका थिए।

    बयान दिएसँगै उनी हाजिर जमानीमा छुटेका थिए। अब महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार