Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • नारायणकाजी श्रेष्ठविरुद्धको मुद्दा श्रेष्ठ र पौडेलको इजलासमा


    मंगलबार, भाद्र १७ २०८२
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्धको मुद्दामा आज (मंगलबार) सुनुवाइ हुँदैछ ।

    सर्वोच्च अदालतमा दायर भएको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

    श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी सार्वजनिक रूपमा टिप्पणी गरेको भन्दै भदौ १५ गते आयुष दाहालले अवहेलना मुद्दा दर्ता गराएका थिए । उनले श्रेष्ठमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार