Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपा उम्मेदवार लेखजंगले देखाए सम्बन्ध विच्छेद गरेको कागज


    मंगलबार, भाद्र १७ २०८२
    630
    Shares
    रजनी श्रेष्ठ
  • २ मिनेट पाठ
  • काठमाडौं । रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवार डा। लेखजंग थापाले बहुविवाहबारे विवादमा तानिएपछि पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको अदालती कागज सार्वजनिक गरेका हुन् ।

    डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनी बहुविवाहबारे विवादित बनेका थिए । थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’

    पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा. थापाको बहुविवाहबारे उम्मेदवार छनोट प्रकृयाकै समयमा सूचना आएपछि पार्टीको अफिसियल टिमले भेरिफाई गर्दा पहिलो श्रीमतीसँग डिभोर्स गरिसकेको पाइएको बताए ।

    लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरेले बिएससी नर्सिङ गरेकी छन् । उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन् ।

    लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् । पहिलो पत्नीबाट जन्मिएको बच्चा पनि लेखजंगसँगै रहेकाले सौहाद्र्धपूर्ण सम्बन्ध हुनु स्वाभाविक भएको उनको तर्क छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार