एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन चीन पुगेका छन् । चीनले बुधबार बेइजीङमा आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन उनी आफ्नो विशेष रेलबाट मंगलबार बिहान चीन प्रवेश गरेका हुन् ।
सोमबार प्योङयाङबाट हिँडेका किम मंगलबार बिहान चीन प्रवेश गरेको उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिन्मुनले जनाएको छ । रोदोङ सिन्मुनले किम, परराष्ट्र मन्त्री चो सोन हुई लगायत उनका सहयोगीहरूसँगको तस्बिरहरू पनि छापेको छ ।
तस्बिरमा उनीहरू अँध्यारो हरियो रङ्गको रेलभित्रको डेस्कमा बसेर मुस्कुराउँदै गरेका देखिन्छन् । यो रेल किमले यसअघि अन्य देशहरूमा यात्रा गर्न प्रयोग गरेको ‘बुलेटप्रुफ’ रेलजस्तै देखिन्छ भनेर समाचार संस्था रोयटर्सले जनाएको छ ।
शत्रुहरूले हवाइजहाजमा यात्रा गर्दा आक्रमण गर्न सक्ने ठानेर किमका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङले रेल यात्राको परम्परा बसालेका थिए । त्यही परम्परालाई निरन्तरता दिंदै किम जोङ उन पनि सुविधा सम्पन्न विशेष रेलमा यात्रा गर्छन् ।
बेजिङमा हुने सैन्य परेडमा किमसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत विभिन्न देशका राष्ट्र र सरकारप्रमुख सहित सहभागी हुनेछन् ।
सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सो परेडमा सहभागी हुनेछन् ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend