Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँबाट गोरखा जाँदै गरेको बस पल्टिँदा २१ जना घाइते


    मंगलबार, भाद्र १७ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडां । गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

    गएराति काठमाडौँबाट गोरखाको माछीखोलातर्फ जाँदै गरेको प्रदेश ०१-००६ ख ४१३१ नम्बरको रात्री बस आज बिहान पाँच बजेतिर भिमसेनथापा गाउँपालिका-३ टारीफाँट गँगटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

    गोरखा-आरुघाट सडकखण्डमा बस पल्टिँदा घाइते भएका २१ जनालाई उपचारको लागि प्राथामिक उपचार केन्द्र आरुघाट लगिएको छ। त्यसमध्येका गम्भीर अवस्थाका दुईजना घाइतेलाई थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

    घाइतेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा उद्धार गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार