Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • हर्क साम्पाङलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा समर्थकको भीड


    सोमबार, भाद्र १६ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न समर्थकहरूको ठूलो भीड विमानस्थलमा उपस्थित थियो ।

    समर्थकहरूले र्‍यालीसहित उनलाई विमानस्थलको गेटबाटै स्वागत गरेका थिए । यसअघि पनि साम्पाङ काठमाडौं आउँदा उनका समर्थकहरू बाक्लो उपस्थितिमा देखिने गरेका छन् ।

    कहिले धरानमा खानेपानीको माग राख्दै गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न त कहिले एक्लै उभिएर साङ्केतिक विरोध गर्न उनी काठमाडौं आउने गरेका छन् ।

    उनका गतिविधिहरूमा काठमाडौंमा समर्थकहरूको उल्लेख्य सहभागिता रहने गरेको छ । मेयर साम्पाङले आफ्ना समर्थकहरूसँग भेटघाट गर्न चाहेको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार