काठमाडौं । अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६२२ जना पुगेको छ। नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रविन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्निच्युडको भूकम्प गएको हो।
सोमबार दिउँसोसम्म मृत्यु हुनेको सङ्ख्या ६२२ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। घाइतेको सङ्ख्या पनि बढेर १५ सय नाघेको तालिबान सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
पाकिस्तानसँग सिमानजिकै भूकम्पको केन्द्रविन्दु भएकाले धक्का पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो। अफगानिस्तानकै राजधानी काबुलसम्म पनि कम्पन महसुस भएको थियो।
भूकम्पले ग्रामीण बस्तीहरू तहसनहस बनाएको छ। कुनार र नङ्गरहार प्रान्तमा मानवीय र भौतिक क्षति बढी भएको छ। रोयटर्सका अनुसार कुनारमा मात्रै ६१० जनाको मृत्यु भएको छ। १२ जना नङ्गरहारका छन्। तालिबान सरकारको रक्षा मन्त्रालयले ४० वटा हेलिकप्टर उद्धारका लागि पठाइएको जनाएको छ। ४० वटा उडानबाट ४२० जनाको उद्धार गरिएको बताइएको छ।
भूकम्पले ग्रामीण इलाकामा क्षति पुर्याएकाले विवरण पनि ढिलो प्राप्त भएको भनेर तालिबानलाई उद्धृत गरेर एनबिसीले लेखेको छ। भूकम्पले धेरै प्रभाव पारेको क्षेत्रमा उद्धारका लागि सडकबाट जाने अवस्था नरहेको भनेर तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ।
राति ६ म्याग्निच्युडको भूकम्पपछि लगत्तै आएको ५ म्याग्निच्युडभन्दा बढी तीव्रताको परकम्पले थप क्षति पुर्याएको बताइएको छ। त्यसपछि पनि साढे ४ म्याग्निच्युडभन्दा बढी तीव्रताका कैयौँ परकम्प महसुस भएका थिए। यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा एक हजार जनाको मृत्यु भएको थियो।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend