Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउले बनायो निरन्तर नयाँ रेकड, तोलाको कति पुग्यो ?


    सोमबार, भाद्र १६ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउल निरन्तर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको कारोबारको तुलनामा आज(सोमबार) सुन प्रतितोला १७ सय रूपैयाँले वृद्धि भएको हो ।

    महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको थियो।

    सुनको मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नाले स्थानीय बजारमा पनि मूल्य बढिरहेको छ।

    त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रूपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार प्रतितोला २४ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार २४ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार