Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज यी ११ राजमार्ग पूर्णरूपमा अवरुद्ध, ८ सडकमा एकतर्फी सञ्चालन


    सोमबार, भाद्र १६ २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वर्षापछिको बाढी र पहिरोको कारण आज देशका ११ राजमार्ग आज पूर्णरूपमा अवरुद्ध भएका छन्। राजमार्ग बन्दा हुँदा यात्रुले सास्ती पाएका छन्।

    आज संखुवासभास्थित कोसी राजमार्ग, रसुवाको नेपाल-चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही-रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरि सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क -चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग, जाजरकोटको जाजरकोट-डोल्पा सडक आज पूर्णरुपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ।

    त्यसैगरी काठमाडौँको धार्चे सडक, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको गल्छि-त्रिवेणी-मैलुङ-स्याफ्रु सडक, बागलुङको कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग, अर्घाखाँचीको सालझण्डी-ढोरपाटन सडकमा एकतर्फी गाडी चलेका प्रहरीले जनाएको छ।

    अवरुद्ध राजमार्गको पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास जारी रहेको पनि प्रहरीको भनाई छ।

    हेर्नुहोस् अवरुद्ध रहेका र एकतर्फी गाडी गुडिरहेका सडक

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार