अनलाइन न्यूज पोर्टल nepalface.com मा मिति २०८२ भदौ १४ गते प्रकाशित ‘कीर्ते अनुमति बनाएर करोडौंको केराउ आयात, भन्सारदेखि खाद्य प्रविधिका उच्च अधिकारीकै मिलेमतो’ शीर्षकको समाचार एकतर्फी रुपमा पूर्वाग्रह राखी तथ्य विनाखाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्ण र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत धितालको नाम जोडी प्रकाशित समाचारप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारमा उल्लेखित हरियो केराउ तथा पोष्टदानाको आयात अनुमतिपत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागवाट कहीँ कतै जारी नभएको र समाचारमा प्रकाशित भएका पत्रहरु तथा आयात अनुमतिपत्र समेत यस विभागबाट जारी नभएको तथा कहीँ कतै संलग्न नरहेको विषयमा अधिकारीहरुको फोटो समेत राखी प्रकाशित समाचार सम्वन्धमा विभागको धारणा समेत नलिई एकतर्फी रुपमा समाचार प्रकाशन हुँदा नेपालको संविधानको मौलिक हक हनन भएको र पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) मा पत्रकार र संचार माध्यमको कर्तव्यको खण्ड ४ को उपखण्ड (६) को व्यवस्था समेत ख्याल गरी सत्य तथ्य तथा सन्तुलित सूचना सम्प्रेषण गर्नुपर्नेमा पत्रकारद्वारा एक तर्फी रुपमा विभागको आधाकारिक धारणा नलिई आक्षेप लगाउने तथा चरित्रहत्या गर्ने खालको कार्य भएकोले सो प्रकाशित सूचना खण्डन गर्नुहुन अनुरोध छ ।
हरियो मटर, सुपारी, कालो मरिच, सेतो मरिच नेपाल आयात सम्वन्धमा नेपाल राजपत्र, खण्ड ७४, संख्या ५५, भाग ५ मिति २०८१।११।०१ वमोजिम प्रशोधन उद्योगले उद्योग विभागको सिफारिसमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमति दिने विषय रहेको र उक्त समाचारमा आयात अनुमतिपत्र भनी छापिएको पत्र यस विभागको नभई प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको नाम रहेको देखिन्छ ।
प्रकाशित समाचारमा कहीँ कतैबाट यस विभागको नाम तथा जिम्मेवार अधिकारीको संलग्नता देखिने कुनै प्रमाण नरहेको अवस्थामा विभागको नाम तथा अधिकारीको फोटो समेत प्रकाशन हुनु तथ्यसंगत नरहेको अनुरोध छ । HS code संग सम्वन्धित विषय यस विभागको कार्यक्षेत्रभित्र नपर्ने भएकोले उक्त समाचार झूटो, भ्रामक र कपोलकल्पित रहेको छ । यसर्थ उपरोक्त प्रकाशित समाचार खण्डन गरी यस्ता भ्रामक समाचार पोर्टलवाट यथाशिघ्र हटाई आवश्यक कारबाहीको लागि अनुरोध छ ।
मोहनकृष्ण महर्जन
प्रवक्ता
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend