Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोटाङका तत्कालीन ३ जिशिअ र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा


    आइतबार, भाद्र १५ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

    आइतबार आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा। गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

    उनीहरू उपर गैर कानुनी लाभ वा हानी पुर्‍याउने बदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार