काठमाडौं । एउटै गिरोहले भारतमा लगेर ५ जना नेपालीको मिर्गौला बेचेको खुलेको छ । भारतमा नेपालीको मिर्गौला बेच्ने गिरोहका मुख्य नाइके श्याम कृष्ण भण्डारीसहित सहयोगी सुजन भारती पक्राउ परेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएको हो । उक्त गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाबाट विभिन्न प्रलोभन देखाएर नेपालीलाई भारत पु¥याई मिर्गौला बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भण्डारीले २५ जनाको मिर्गौला बेचेको स्वीकारे पनि पीडितको सङ्ख्या धेरै हुन सक्ने प्रहरीको दाबी छ । गिरोहले पीडितलाई ६ लाख भारतीय रुपैयाँ दिने प्रलोभन देखाउने गरेको थियो, तर एक पीडितले जम्मा ५ हजार मात्र पाएको खुलासा भएको छ ।
गिरोहले पीडितलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरबा निकेतन होटलमा राखी स्वास्थ्य जाँच गरी बेहोस बनाएर मिर्गौला झिक्ने गरेको पाइएको छ । ब्यूरोमा ४ मुद्दा दर्ता भइसकेका छन् । गत साउन २० मा अन्य तीन जना पक्राउ परेका थिए । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend