काठमाडौँ । दिल्लीबाट इन्दौर उडेको एयर इन्डियाको विमानमा आगोको झिल्को देखिएपछि दिल्लीमै आकस्मिक अवतरण गरिएको छ।
आइतबार बिहान इन्दौर जाँदै गरेको एयर इन्डियाको उडान एआई २९१३ उडान भरेको केही समयपछि आपत्कालीन अवस्थामा दिल्ली फर्कनु परेको थियो।
विमान उड्ने वित्तिकै पाइलटले विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत पाएपछि दिल्ली फर्काएका थिए। विमानमा ९० जना यात्रुहरू रहेको बताइएको छ।
एयर इन्डियाका प्रवक्ताले विमानलाई अनुसन्धानको लागि ग्राउन्डेड गरिएको बताएका छन्। यात्रुहरूलाई इन्दौर लैजानको लागि वैकल्पिक विमानको व्यवस्था गरिएको उनको भनाइ छ।
यस घटनाको बारेमा नियामक प्राधिकरणलाई जानकारी गराइएको छ। एयर इन्डियाले यात्रुहरूलाई परेको असुविधाप्रति माफी मागेको छ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend