Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गेटा मेडिकल कलेजबाट डा. गोविन्द केसीले सुरु गरे सत्याग्रह


    आइतबार, भाद्र १५ २०८२
    690
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । डा। गोविन्द केसीले गेटा मेडिकल कलेजबाट तीन दिने सत्याग्रह सुरु गरेका छन् । उनले शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आजबाट कैलालीको गेटामा तीन दिने सत्याग्रह घोषणा गरेका हुन् ।

    डा। केसीले विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा गर्न दबाब दिने उद्देश्यले भदौ १७ गतेसम्म सत्याग्रहमा बस्ने प्रस्ट पारेका छन् ।

    गलत रुपमा गरिएको निजी मेडिकल कलेजहरूको सिट वृद्धि फिर्ता गर्ने साथै इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालनमा ल्याउनेलगायत यस अघि आफूहरूसित भएका सम्झौता कार्यान्वयन गर्न दबाब दिन सत्याग्रहमा बस्नु परेको उनको भनाइ छ ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगबाट गलत ढंगले मेडिकल कलेजहरूलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय भएको भन्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् ।

    ‘चिकित्सा शिक्षा ऐनको मर्मविपरित प्रधानमन्त्री केपी ओलीको नाजायज र प्रत्यक्ष हस्तक्षेपका कारण हालै चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरुको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको छ,’ डा। केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसलगायत केही समय यताका आयोग, सरकार र अदालतका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार