Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • आइतबार सुनचाँदैकै भाउ बढेर नयाँ रेकर्ड कायम


    आइतबार, भाद्र १५ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ३ हजार रुपैयाँले बढेको हो ।

    शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार ३ हजार रुपैयाँ बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।

    यस्तै चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार