पर्सा । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताएका छन् ।पर्साको वीरगञ्जमा हैजाको प्रकोप देखिएसँगै शनिवार राति झाडापखाला र हैजाका बिरामीको स्थितिबारे बुझ्नका लागि आफू नारायणी अस्पतालमा आइपुगेको बताए ।
‘अहिले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउ ज्यान जोगाउन जेजति काम गर्नुपर्ने हो । सोहीअनुसार काम गर्नका लागि तयारी अवस्थामा रहेका छौँ’, उनले भने, ‘औषधिको कमी हुन दिनेछैनौँ । चिकित्सकको पनि कमी हुन दिनेछैनौँ ।’
गृहमन्त्री लेखकले उपचारका लागि आवश्यक पर्ने नर्सिङ स्टाफ र अन्य जनशक्तिका लागि पनि आवश्यक समन्वय र सहजीकरण गर्ने बताए । ‘हैजाको जुन प्रकोप देखिएको छ, सोको नियन्त्रण गर्नेतर्फ अग्रसर भइरहेका छौँ’, उनले भने । अहिले सबैतिर हैजा भाइरसको विषयमा आवश्यक सहजीकरण र समन्वय गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेछ ।
शनिबार राति नारायणी अस्पताल वीरगञ्जका हैजा प्रभावित बिरामी र उनीहरूका आफन्तसँग भेटघाटपछि गृहमन्त्री लेखकले अस्पतालमा भर्ना भएका बिरामी निको हुँदै गएको बताए । ‘अस्पतालसँग जेजति स्रोतसाधन रहेको छ । सोहीअनुसारको उपचार कार्य भइरहेको छ’, उनले भने, ‘अहिले हैजाका बिरामीको सङ्ख्या घट्ने क्रम छ ।’
गृहमन्त्री लेखकले अस्पतालमा उपचार गराएर फर्किने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको बताए ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend