Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढिपहिरोका कारण देशभरका यी १६ मुख्य राजमार्ग पूर्ण अवरुद्ध


    आइतबार, भाद्र १५ २०८२
    525
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले देशभरका विभिन्न राजमार्गहरुको पछिल्लो अवस्था सार्वजनिक गरेको छ ।

    प्रहरीका अनुसार देशभरका १६ मुख्य राजमार्गहरु पूर्ण रुपमा अवरोध रहेका छन् भने ८ वटा राजमार्ग एकतर्फी सञ्चालन भइरहेको जनाएको छ ।

    प्रहरीका अनुसार लगातारको वर्षाका कारण गएको पहिरोका कारण कर्णाली प्रदेशको यातायात सञ्जाल धेरै प्रभावित बनेको छ ।

    प्रहरीका अनुसार सितापाइलाबाट धार्के जाने सडक पनि अवरूद्ध भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार