Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • बागमती प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


    आइतबार, भाद्र १५ २०८२
    430
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बागमती । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २:०० बजे बस्नेछ । बैठकमा प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

    विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुंगिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको उनले बताए।

    यस्तै, आजको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश सभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेस गर्ने र विभिन्न निकायबाट प्राप्त पत्रहरू वाचन गर्ने सम्भावित कार्यसूची रहेको सचिव पौडेलले बताए । यसैबीच, प्रदेश सभा बैठकको कार्यसूची तय गर्न आज बिहान ११:०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार