Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दसैँका लागि भदौ २९ देखि नयाँ नोट साट्न पाइने, कहाँ-कहाँबाट पाइन्छ ?


    आइतबार, भाद्र १५ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । यस वर्षको दसैँका लागि भदौ २९ देखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ २९ देखि असोज १० गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

    बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बताइएको छ ।

    साथै इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार