Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्दोलनरत उखु किसानले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने


    शनिबार, भाद्र १४ २०८२
    640
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आन्दोलनरत उखु किसानले राजमार्ग अवरुद्ध गर्ने भएका छन्।सरकारले बेवास्ता गरेको बताउँदै उनीहरूले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

    उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरूका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्न निर्णय गरेको हो ।

    बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागी थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागी सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधवारबाट अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद् हुने जानकारी सबैमा अनुरोध छ।’

    सो अवस्था सिर्जना हुन नदिनका लागि सरकारले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम विना सर्त तत्काल भुक्तानी गर्ने तथा उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरी आन्दोलित किसानलाई सडकबाट घर खेतमा फर्किने वातावरण निर्माण गर्न नेपाल सरकारसँग माग गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार