नयाँ दिल्ली। रुसबाट कच्चा तेल किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथी ५० प्रतिशत कर लगाएका छन् ।
भारतको तर्फबाट कडा जवाफ दिँदै विदेशमन्त्री एस जयशंकरले भारतबाट तेल किन्दा कसैलाई कुनै समस्या छ भने चिन्ता लिन आवाश्यक नभएको र यो उनीहरूको समस्या भएको जवाफ दिएका छन् । र, भारतले पनि आफ्नो देशमा उत्पादित तेल कुनै पनि देशलाई तेल किन्न बाध्य पार्न नसकिँने जनाइसकेको अवस्था छ ।
खासमा भारत विश्वको तेस्रो तेल आयातकर्ता र निर्यातकर्ता देश हो। तथ्याङ्कले देखाउँछ कि भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशतसम्म अन्य देशबाट आयात गर्छ। भारतले विश्वका ४० देशबाट तेल आयात गर्छ र त्यहाँबाट विभिन्न प्रकारका पेट्रोलियम पदार्थ उत्पादन गर्छ, जसले देशको अर्थतन्त्रलाई टेवा पु¥याउन मद्दत गरेको छ।
भारतमा कच्चा तेलको उत्पादन निकै कम छ । देशका कतिपय ठाउँमा तेल पाइन्छ । जस्तो कि यसमा असम, पश्चिमी अपतटीय र राजस्थान, गुजरात, मुम्बई हाई र कृष्णा गोदावरी बेसिन समावेश छ। तर, भारतका धेरै भागमा तेलको ठूलो भण्डार रहेको अध्ययनले देखाएको छ । जसको खोजी अझै पनि भइ नै रहेको छ ।
भारतले तेल किन्ने विश्वका ४० देशमध्ये रुस शीर्ष स्थानमा छ । भारतले सन् २०२४ देखि रुससँग तेलको व्यापार बढाएको छ । वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार गत वर्षको डिसेम्बरमा रुस भारतलाई सबैभन्दा बढी तेल निर्यात गर्ने देश थियो । देशमा आयात हुने कच्चा तेलको करिब एक तिहाइ रुसबाट आएको थियो।
रूसबाट कच्चा तेलको आपूर्ति दर वार्षिक रूपमा २५ प्रतिशत बढेर ३।९२ बिलियन अमेरिकी डलर पुगेको छ। तथ्यांकअनुसार रुसबाट कच्चा तेल आयात गत वर्ष नोभेम्बरमा ३।६१ अर्ब डलरको तुलनामा ८ प्रतिशतले बढेर १०।५ अर्ब डलर पुगिसकेको छ । भारतले यस बाहेक साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत, नाइजेरिया, मेक्सिको र ओमान, ब्राजिल, क्यानडा, गुयाना र सुरिनामवाट भारतलाई तेल आयात गर्छ ।
अब प्रश्न उठ्छ कि भारतले ४० देशबाट कच्चा तेल आयात गरेपछि के गर्छ रु भारतले तेल कच्चा तेल आयात गरे पनि यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थको रूपमा अन्य देशलाई बिक्री गर्ने गर्छ। अर्थात् कच्चा तेल प्रशोधन र प्रशोधन गरेपछि अन्य देशमा निर्यात गर्छ ।
भारतले विश्वका धेरै देशलाई पेट्रोलियम पदार्थ निर्यात गर्छ। जसमा अमेरिका, सिंगापुर, अष्ट्रेलिया, नेदरल्याण्ड्स, अष्ट्रेलिया, युरोपेली देश र दक्षिण अफ्रिका पर्छन् । भारतबाट प्रशोधित तेल खरिद गर्नेमा युरोपेली देश शीर्ष स्थानमा रहेका छन्।
भारतले कच्चा तेललाई परिष्कृत गर्दछ र विभिन्न क्षेत्रमा प्रयोग हुने उत्पादनहरू तयार गर्दछ। यसमा उच्च गतिको डिजेल, पेट्रोल ९मोटर स्पिरिट०, इन्धन तेल, हवाई टर्बाइन इन्धन र मट्टितेल समावेश रहेका छन् । यी पेट्रोलियम उत्पादनहरू दैनिक जीवन र यातायातमा प्रयोग गरिन्छ। यसबाहेक, तिनीहरूले बिजुली उत्पादन, विमान, सैन्य वाहन र पनडुब्बीमा पनि प्रयोग भइरहेका छन् ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend