लन्डन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बेलायतबाट दोस्रो झट्का लागेको छ ।
प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरेको बेलायतले अब लण्डनमा हुन लागेको ठूलो रक्षा सम्मेलनमा इजरायली अधिकारीलाई प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । बेलायतले लिएका यी दुवै निर्णयले बेलायतले गाजा युद्ध सम्बन्धी इजरायलको नीतिबाट अब आफूलाई टाढा राखेको सङ्केत गरेको छ ।
डिफेन्स एन्ड सेक्युरिटी इक्विपमेन्ट इन्टरनेशनल अर्थात् डिएसएआइ सम्मेलन लण्डनमा हुन लागिरहेको छ । बेलायत सरकारले इजरायली सरकारी अधिकारीहरू यस सम्मेलनमा भाग लिन नपाउने घोषणा गरेको छ। यो निर्णय गाजा युद्धसँग प्रत्यक्ष जोडिएको छ। सम्मेलनका प्रवक्ताले इजरायली सरकारले गाजामा सैन्य कारबाही बढाउने निर्णय गलत भएको बताउँदै रक्षा सम्मेलनमा सहभागितामा बेलायतले प्रतिबन्ध लगाइएको हो ।
उनले भनेका छन कि अब यो आवश्यक छ कि इजरायलले तुरुन्त युद्ध रोक्न, बन्धकहरूलाई रिहा गर्न र गाजाका जनतालाई मानवीय सहायता उपलब्ध गराउनु पर्छ। तर, पनि इजरायली हतियार कम्पनीहरूलाई यो प्रदर्शनीमा भाग लिन भने अनुमति दिइएको छ। आयोजकहरू आशा गर्दछन् कि उनीहरूको उपस्थितिले व्यापक विरोध जगाउने छ।
जुलाईमा बेलायती प्रधानमन्त्री केयर स्टाररले सेप्टेम्बरसम्म प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका थिए। यस कदमबाट इजरायल गहिरो आक्रोशित छ र उसले बेलायतसँगको रक्षा र सुरक्षा सहयोगमा पुनर्विचार गर्न सक्ने चेतावनी दिएको छ।
द टाइम्सको रिपोर्ट अनुसार नेतन्याहु सरकारले बेलायतको अडानलाई जवाफ दिन धेरै विकल्पहरू विचार गरिरहेको छ। बेलायतको यो अडानले इजरायल–बेलायत सम्बन्धमा बढ्दो तनावलाई तिब्रता दिनेछ । रक्षा सम्मेलनमा इजरायली अधिकारीहरूको अनुपस्थितिले भविष्यमा दुई देशबीचको सम्बन्धमा गहिरो छाप छोड्न सक्छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend