Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपक मनाङे पदमुक्त भएपछि रिक्त क्षेत्रमा तोकियो उपनिर्वाचनको मिति


    शुक्रबार, भाद्र १३ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक १७ गते हुनेगरी उपनिर्वाचनको मिति तोकिएको हो ।

    सो क्षेत्रका प्रतिनिधि राजिव गुरुङ (दीपक मनाङे)गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।

    गत असार ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो ।

    सर्वोच्च अदालतबाट मिति २०८१ र ७ र २० मा प्रत्यर्थी दीपक मनाङ्गे भन्ने राजीव गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् निज उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएको पूर्णपाठमा उल्लेख छ ।

    संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार