काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद किरणकुमार साहले गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेका छन् । सांसद शाहले आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन् । उनले गृहमन्त्री लेखकले गृह मन्त्रालय चलाउन नसकेकाले राजिनामा दिन माग गरेका हुन् ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद साहले मुलुकमा हत्या, लुटपाट जस्ता घटना बढिरहेको तथा कानुनको कार्यान्वयन गर्न सरकार असफल भएको भन्दै आफूलाई एक महिना गृह मन्त्रालय चलाउन दिन माग गरेका हुन् ।
‘म स्पष्ट भन्छु यो सबै गृहमन्त्रीको लापरबाही र कमजोरी हो । यदि गृहमन्त्रीसँग मन्त्रालय चलाउने क्षमता छैन भने त्यो मन्त्रालय मलाई दिनुस्’, साहले भने( ‘एक महिनाका लागि दिनुहोस् म देखाउँछु सुशासन, संविधान कार्यान्वयन र कानुनी शासन भनेको के हो ।’ उनले आफू त्यसो गर्दा सफल नभएमा सांसद पदबाट राजीनामा दिने समेत बताए ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend