काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले उखु किसानका मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद बस्नेतले उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब ५० करोड भन्दा बढी रकम सरकारले भुक्तानी नगरेको भन्दै उनले सरकार किसानप्रति अनुदार देखिएको बताएका हुन् ।
प्रति क्विन्टल उखुमा पाउँदै आएको ७० रुपैयाँ अनुदान समेत सरकारले घटाएर ३५ रुपैयाँ कायम गरेर किसान विरोधी निर्णय गरेको उनको आरोप छ ।
‘सरकारको यो जनविरोधी रवैयाविरुद्ध किसानहरू केही दिन देखि वर्षा र तीज लगायतका पर्वको प्रवाह नगरी सडकमा धर्ना र प्रदर्शन गरिरहेका छन्, तर सरकार उनीहरूको आवाज र मागप्रति गम्भीर देखिँदैन,’ उनले भने ।
किसानले पाउनुपर्ने गतवर्षको बाँकी भुक्तानी तत्काल गर्न र अनुदान रकम यथावत राख्न उनको माग छ । उखु खेतीमा किसानलाई प्रोत्साहित गर्ने उखुको समर्थन मूल्य तोक्न समेत उनले माग गरे । उखु तौलिने बेलामै अनुदान र भुक्तानी दिने गरी व्यवस्था मिलाउन र चिनीमा आत्मनिर्भर बन्ने योजना बनाउन सांसद बस्नेतले सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend