Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कैलालीको खुटिया खोलामा डुबेर ४ जना किशोरको मृत्यु


    बिहिबार, भाद्र १२ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा खोलामा नुहाउन गएका ४ जना किशोरको मृत्यु भएको छ।

    यहाँस्थित गोदावरी नगरपालिका-९ को खुटिया खोलामा नुहाउन गएका ४ किशोरको डुबेर ज्यान गएको हो।

    खोलामा ७ जना गएको भए पनि ३ जना भने पौडिएर निस्किएको प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा १७ वर्षका सक्षम जोशी, १५ वर्षका जेब भण्डारी, १७ वर्षका जाबेज भण्डारी, १७ वर्षका प्रतिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले नेपालखबरलाई जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार