Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपा नेता पाँडेलाई म्याद थपका लागि अदालत लगियो


    बिहिबार, भाद्र १२ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा। अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ ।

    बुधबार साँझ पक्राउ परेका पाँडेलाई अदालत लगिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ । सुरुमा सरकारी वकिल कार्यालयमा पेश हुनेछ । त्यसपछि उनलाई अदालत पुर्‍याइने छ । एक महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्युरोको भनाई छ ।

    वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार