Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढीपहिरोले देशका ९ सडक पूर्ण अवरुद्ध, १५१ सडक एकतर्फी सञ्चालन


    बिहिबार, भाद्र १२ २०८२
    600
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अविरल वर्षा पछि आएको बाढीपहिरोले देशभरका विभिन्न ९ सडक पूर्ण अवरुद्ध भएका छन् । सडक विभागका अनुसार नौ सडक पूर्ण अवरुद्ध हुँदा १५१ सडकखण्डमा एकतर्फी सञ्चालनमा रहेका छन् ।

    सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानका कारण सडक अवरुद्ध भएको जानकारी दिए । उनले भने, ‘कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारणमर्मत गरेर सडक सुचारु हुन सकेको छैन । कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।’

    विभागका अनुसार यही असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी,त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड अझैसम्म पूर्णरूपक अवरुद्ध भएको छ । यसैगरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्णरूपक अवरुद्ध छ ।

    पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपक अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड अवरुद्ध भएको विभागले जनाएको छ ।

    तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि पूर्णरूपक अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ । विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडकखण्ड पनि पूर्णरूपक अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ ।

    रोल्पाको सहिद राजमार्ग पनि पूर्ण रूपक अवरुद्ध छ । निरन्तरको वर्षापछि पहिरो खसिरहेकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ । त्यस्तै दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्ड समेत लगातार सुख्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो सुचारु हुने काम भइरहेको छ । यसैगरी अरनिको राजमार्गको सिन्धुपालचोकस्थित सडकखण्ड पूर्ण रूपक अवरुद्ध भएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार