Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीभित्र स्वार्थ समूह सक्रिय छन्: प्रचण्ड


    बिहिबार, भाद्र १२ २०८२
    755
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् ।

    आज (बिहीबार) बिहान पार्टीको प्रदेश सचिवालय बैठकका लागि विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले जनार्दनको नाम लिँदै भने, ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन ।’ उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए । उनले भने, ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौं ।’ माओवादीभित्र पार्टीविरुद्ध स्वार्थ समूहहरु सक्रिय पनि उनले उल्लेख गरे ।

    स्वार्थ समूह भनेको के हो रु भन्ने प्रश्नमा प्रचण्डले भने, ‘स्वार्थ समुह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसीप भन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरु गर्नुलाई स्वार्थ समूह भनिएको हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार