Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रचण्ड भन्छन् – ओली सरकारकाे कामले जंगलीराज सुरु भएको आभास हुन्छ


    बुधबार, माघ २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारले जंगलीराज सुरु गरेको बताएका छन् ।

    बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान ओली नेतृत्वको सरकारका कामकारवाही हेर्दा जंगलीराजको सुरु भएको आभास भएको बताएका हुन् ।

    ‘हिजो हामीले जनताको पक्षमा आन्दोलन गर्दा हामीलाई जंगली भन्थे । तरपनि हामी त जनताकै घरदैलोमा थियौँ, तर आज ओली नेतृत्वको सरकारचाहिँ जंगली राजमा चलेको छ’, प्रचण्डको भनाइ छ ।

    उनले बहिर्गमित जनमुक्ति सेनालाई ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार