Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोशी प्रदेशले तीन दिनसम्म संविधान दिवस मनाउने


    बिहिबार, भाद्र १२ २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मोरङ । कोशी प्रदेश सरकारले आगामी असोज ३ गते विविध कार्यक्रमका साथ संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार भएको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले त्यसनिम्ति ५०१ सदस्यीय मूल समारोह समिति पनि गठन गरेको छ । समितिमा स्थानीय तहका सबै निकायको प्रतिनिधित्व छ ।

    दिवसलाई उत्सवका रूपमा मनाउन वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनीलगायत कार्यक्रम आयोजना हुने जनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा यो दिवस मनाइने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार