Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ फेरि उच्च मूल्यमा, तोलाको कति पुग्यो ?


    बिहिबार, भाद्र १२ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज(बिहीबार) सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गएको साउन २३ गते पनि सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो।

    त्यसयता घटेको सुनको भाउ आज फेरि पुरानै उच्च मूल्यमा पुगेको हो। हिजो सुनको मूल्य तोलाको तीन सय रुपैयाँ बढेर एक लाख ९९ हजार रुपैयाँ पुगेको थियो।

    आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार तीनसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार