काठमाडौं । बाँके जिल्लाको नेपालगंज भन्सार कार्यालयबाट भन्सारछलीका सामानहरु भित्रने गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित भन्सारका कर्मचारीहरुकै सेटिङमा भन्सारछली तस्करीका सामान भित्रने गरेका छन् । गत आर्थिक बर्षमा नेपालगंज भन्सारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसक्नुको कारण तस्करी नियन्त्रण नगर्नुलाई लिइएको छ ।
सीमा सुरक्षा र भन्सारछली रोक्ने मुख्य दायित्व सशस्त्र प्रहरी बल अन्तर्गतको भन्सार गुल्मको हो । तर सशस्त्र प्रहरीकै संरक्षणमा नेपालगंजबाट तस्करी हुने गरेको भिडियो नै नेपालफेसलाई प्राप्त भएको छ । सशस्त्र प्रहरी बलको ३० नम्बर गण अन्तर्गत सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र शाहीले नै तस्करीसँग सेटिङ गर्दा नेपालगंजबाट भन्सारछलीका सामान भित्रने गरेको स्रोत बताउँछ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) हुँदादेखि नै बाँकेमा कार्यरत रहेका र अहिलेसम्म नेपालगंज बाहिर सरुवा नभएका इन्स्पेक्टर शाहीले नै तस्करीको संजालसँग समन्वय गर्ने गरेको आरोप छ । सशस्त्र प्रहरीमा बीओपी गुल्मका इन्चार्जहरुको ६ महिनामा सरुवा हुन्छ, तर शाही यस्ता भाग्यमानी अधिकृत हुन्, जसले असईदेखि इन्स्पेक्टर हुँदासम्म नेपालगंज बाहिरका जिल्लामा जानुपरेको छैन ।
सशस्त्र प्रहरी संगठनको नीतिबिपरीत शाहीलाई नेपालगंजमा दसौं बर्षदेखि काम गर्ने छुट दिइएको छ । ३० नम्बर गणका हरेक गणपतिदेखि लुम्बिनीका बाहिनीपतिलाई मिलाएर उनी नेपालगंजमा टिकिरहेका छन् । उनी कहिले राजस्व कोहलपुरको गुल्म, कहिले ३० नम्ब गण बागेश्वरी त कहिले भन्सार गुल्ममा सरुवा हुँदै बाँकेमै कार्यरत छन् । आवधिक सरुवा नीतिले नछोएका शाहीलाई घुमुवा अप्रेसनले पनि नेपालगंज बाहिर जानुपरेन ।
आईजीपी सचिवालयको अनुगमनका डीएसपी सुदीप रेग्मीको अनुगमनको क्षेत्र पनि नेपालगंजमा नपरेको त होइन ? बाहिनीले के हेरेको छ ? भन्ने प्रश्न ३० नम्बर गणभित्रै उठ्ने गरेको छ ।
यसरी हुने गरेको तस्करी, हेर्नु्स् भिडियो
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend