Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डडेल्धुरामा जिप भिरबाट खस्यो, ४ जनाको मृत्यु


    बिहिबार, भाद्र १२ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । डडेल्धुरामा आज (बिहीबार)बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

    नवदुर्गा गाउँपालिका-५, चौडको कच्ची सडकमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। कच्ची सडक खण्डमा डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो।

    जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको जानकारी आएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए। उनका अनुसार दुर्घटनामा परि ४ जनाको मृत्यु र ४ जना घाइते भएको छ ।

    दुर्घटनाको सूचनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिप्रकाको टोली घटनास्थल पुगेका छन्। मृतकको सनाखत र दुर्घटनाको कारण खुल्न बाँकी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार