Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरो पन्छाएपछि खुल्यो काठमाडौँ-मुग्लिन सडक


    बिहिबार, भाद्र १२ २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका-७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुलेको छ । बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो ।

    बिहान करिब साढे तीन बजेतिर खसेको पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७:५० बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    प्रहरीका अनुसार सवारी साधनहरूलाई ट्राफिक प्रहरीको सहयोगमा गन्तव्यमा पठाउने काम भइरहेको छ । सडकमा हतार नगरी ट्राफिक नियम पालना गरेर सवारी चलाउन चालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार