Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर


    बुधबार, भाद्र ११ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् ।

    विद्युतीय अपराधको उजुरीका आधारमा पक्राउ परेका उनलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए ।

    विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो ।

    त्यसपछि अदालतले भदौं ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार ब्यूरोमा उपस्थित भएका महरलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं ल्याइएको थियो ।

    महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार