Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित, म्याद थपका लागि अदालत लगियो


    बुधबार, भाद्र ११ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।

    विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै बुधबार उनी आफै प्रहरीमा उपस्थित भएका हुन् ।

    पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ ।

    महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो । पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले बतायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार