Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्नेसम्बन्धी रिटमा कागजात झिकाउन आदेश


    बुधबार, भाद्र ११ २०८२
    510
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश गरेको छ ।

    बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश दिएको हो ।

    यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको छ।

    यसका साथै नाउपाको वैधानिकता र पदाधिकारी विवादमा पनि निर्वाचन आयोगबाट आवश्यक विवरणहरू मगाउने आदेश भएको छ। अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा आज दोस्रो सुनुवाइ भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार