Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • संवैधानिक इजलासमा प्रधान न्यायाधीशले आफैँले न्यायाधीश छनौट गर्ने


    बुधबार, भाद्र ११ २०८२
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसारका न्यायाधीश नभई आफैँले छनौट गर्ने भएका छन् ।

    प्रधान न्यायाधीश राउतले बुधबार पत्रकारहरूसँग कुरा गर्दै आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिएका हुन् ।

    संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिँदै आएका थिए । पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधान न्यायाधीश राउतले रोष्टरमा भएका मध्येबाट गोला प्रथा गरेर अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए ।

    यसको विपक्षमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरू उभिएका थिए । राउतले सञ्चारकर्मीहरूसँग भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार