काठमाडौ । दोलखाको भीमेश्वरमा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु भएको छ।
दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
गएराति करिब साढेनौ बजेतिर भीमेश्वर नगरपालिका-६ स्थित रमितेडाँडामा बा.५३ प ८८९९ र बा.प्र.०२.०३४ प ३२४२ नम्बरका दुई मोटरसाइकल आपसमा ठोकिएर भएको दुर्घटनामा स्ववियु सभापति २४ वर्षीय शिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर श्रीराम तिमल्सिनाले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा च्छोरोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो। अनेरास्ववियुका नेता बस्नेत गएको चैतमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीसँगको गठबन्धनबाट गौरीशङ्कर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए।
बस्नेत भीमेश्वर नगरपालिका वडा नम्बर-५ माटीका स्थानीय बासिन्दा हुन्। उनले चलाएको बा.५३ प ८८९९ नम्बरको मोटरसाइकलमा बैतेश्वर गाउँपालिका-३ मिर्गे घर भएका २६ वर्षीय सुजन भनिने श्याम बहादुर खत्री पनि सवार थिए। दुर्घटनामा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु जिरी सड्क खण्डमा बा.प्र.०२-०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बा.प्र.०२.०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ बस्ने २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको इन्सपेक्टर तिमल्सिनाले बताए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend