Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रूबीको हत्या आरोपीले आफैंलाई लगाए आगो, जलेर घाइते अवस्थामा पक्राउ


    बुधबार, भाद्र ११ २०८२
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपीले आफ्नै शरीरमा आगो लगाएका छन् ।

    हत्या आरोपी लक्ष्मण पासवानले माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको पाइएको हो ।

    रौतहट प्रहरीका एसपी नेत्रमणी गिरीले रुबी साह हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएको जानकारी दिए ।

    उनका अनुसार आज बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको हो ।

    उनलाई नियन्त्रणमा लिएर अस्पताल पु¥याएको प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार