Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिटीविरुद्ध नेपालको लगातार दोस्रो जित


    मंगलबार, भाद्र १० २०८२
    950
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालले ट्वान्टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ ।

    मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो । मंगलबारै सम्पन्न पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो । एसिटीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १३।२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२, गुल्शनकुमार झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाए ।एसिटीका लागि एसिटीका लागि इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबे समान एक विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसिटी १७.२ ओभरमा ९६ रनमै समेटियो । एसिटीका लागि निक ब्रोएसले १६, ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले समान १५ तथा जेक स्मिथले १० रन बनाए ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान चार तथा कप्तान रोहितकुमार पौडेल र गुल्शनकुमार झाले समान एक विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार